२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

थ्रेसरमा च्यापिएर झापामा एकजनाको मृत्यु


बिर्तामोड, पुस ४ । धान झार्ने क्रममा झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एकजना कृषकको मृत्यु भएको छ ।

आज बिहान करिब ५ बजे धान झार्न थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका–२ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय चन्द्रदेव राजवंशीको प्र. १–०१–००१ त ८०९२ नम्बरको ट्र्याक्टरमा जडान गरिएको थ्रेसरमा च्यापिँदा टुडूको घटनास्थलमै मृत्यु भएको थियो । उनले आफ्नै धानमा थ्रेसर लगाएका थिए ।

थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्राटुक्रा भएको प्रहरीले जनाएको छ । घटनापछि ट्र्याक्टर चालक भने फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer