२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीमा हात्तीको आक्रमणबाट राजवंशीको मृत्यु


बिर्तामोड, पुस ४ । झापाको हल्दिबारीमा मर्निङ वाकमा गएका पालिकाका कर्मचारीको हात्तको आक्रमणबाट मृत्यु भएको छ ।

हल्दिबारी २ को वडा कार्यालयका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट आज सबेरै मृत्यु भएको प्रहरीले जनाएको छ ।

६० वर्षीय राजवंशीलाई बिहान ०४ः३० बजे हात्तीले आक्रमण गरेको प्रहरीले अनुमान लगाएको छ । घरदेखि अन्दाजी २०० मिटर पूर्व चन्द्रगढी हल्दिबारी सडकको छेउको झाडीमा जंगली हात्तीको आक्रमणबाट मृत अवस्थामा उनी आज दिउँसो १२ बजे भेटिएका थिए ।

उनी बिहानदेखि बेपत्ता भएपछि खोजी सुरु गरिएको थियो । उनलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय र स्थानीय प्रहरी चौकीबाट अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेर उनको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिने झापा प्रहरीले जनाएको छ ।

गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer