२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तिम्सिना


मेचीनगर, पुस ४ । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न संस्थाको तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सहसचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले सर्वसम्मत चयन भएका छन् ।

प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् वडा नम्बर १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा सहसचिव तीर्थ तिम्सिनाले स्वागत गरेका थिए भने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।

सभामा वडा अध्यक्ष वाग्ले, बुद्धशान्तिका अग्रज पत्रकार उमाकान्त खनाल, टंक काफ्ले ‘विकल्प’ र गंगाराम गड्तौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer