२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

राति निद्रा लाग्दैन ? यस्ता छन् कारण र उपायहरु


बिर्तामोड, पुस ४ । मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा । मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ । उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ । बच्चाहरु धेरै समय सुत्छन् । उमेर बढ्दै जाँदा निद्राको समय घट्दै जान्छ ।

सामान्यतयाः मानिसलाई ६ देखि ७ घण्टा सुत्नैपर्छ । रात्रिकालीन काम गर्ने मानिसहरु दिउँसो सुत्छन् । सामान्य अवस्थाबाहेक मानिस कम सुत्छ वा चाहिनेभन्दा बढी अवधि सुत्छ भने त्यसका विभिन्न कारण हुनसक्छन् ।

निद्रा नलाग्नुका पनि विभिन्न कारण हुन्छन्

तनावका कारणले निद्रा नपर्ने हुन्छ । राति छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, तर्सिने, सुतेको केही घन्टामै निद्रा खुल्ने, सपना राम्रो नदेखिने कारणले पनि निद्रा पर्दैन ।

निद्रा नपर्नुको अर्को कारण एन्जाइटी डिसअर्डर हो, जसका कारण सुतेको बेला तर्सिने समस्या हुन्छ । बच्चाहरु ठुलो मानिसभन्दा धेरै समय निदाउनुपर्छ । बच्चा राति र दिउँसो सुतेन, धेरै चकचक ग¥यो वा आमाबाबुलाई धेरै सताउने भयो भने चिन्ता गर्नुपर्ने हुन्छ । सोच्नुपर्छ, केही समस्या छ कि भनेर ।

कसैलाई डिप्रेसनका कारणले निद्रा पर्दैन । डिप्रेसनले जाँगर नचल्ने, ओछ्यानमा पल्टिरहन मन लाग्ने, बढी सुत्ने, आलस्य हुने लक्षण देखिन्छ । अल्कोहल सेवनका कारणले पनि निद्रामा असर पर्छ ।

कसैलाई मेनिया भन्ने रोग छ भने उसलाई एक÷दुई घण्टाभन्दा धेरै निद्रा पर्दैन । तर, पनि बिहान उठ्दा उनीहरु फ्रेस नै देखिन्छन्, फूर्तिलो महसुस गर्छन् । यस्तो समस्या भएकाहरुमा ठुलोठुलो गफ गर्ने, धाक लगाउने, राति निद्रामा हिँडिरहने जस्ता लक्षण हुन्छन् ।

यस्ता छन् निद्रा लगाउने उपायहरु

सुत्ने कोठाको, पर्दाको कलर परिवर्तन गर्ने, धेरै ब्राइट कलर नराख्ने,
बत्ती बालेर सुत्ने बानी छ भने निलो कलरको जिरो वाटको बल्व बाल्ने,
सुत्नुभन्दा आधा घन्टाअघि मनतातो पानीले नुहाउने,
साँझ ५ बजेपछि कफी नपिउने,
सकेसम्म राति अल्कोहल सेवन नगर्ने,
विद्यार्थीले ओछ्यानमा बसेर नपढ्ने,
झुपुझुपु निद्रा नलाग्दासम्म ओछ्यानमा नजाने,
रातिमा धेरै एक्साइटेट गेम, फिल्महरु नहेर्ने र
हल्का खाना खानेजस्ता उपाय गर्न सकिन्छ ।

दिउँसो निदाउनुपर्छ नभए समस्या हो भन्ने धेरैमा भम्र छ । सकभर दिउँसो त सुत्ने नै होइन । दिनभरि काम गर्ने, सक्रिय रहने हो । बिहानको खानापछि आराम गर्ने भन्दै सुतिहाल्ने पनि कतिको बानी हुन्छ । तर, कहिले पनि त्यसो गर्नुहुँदैन । यसरी दिउँसो सुत्दा मोटोपन हुने, खानेबित्तिकै सुत्दा ग्यास्ट्रिकको समस्या हुने हुन्छ ।

एक÷दुई दिन मात्र निद्रा नलाग्दैमा अस्पताल आइपुग्नु पर्दैन । लामो समयदेखि निद्रा परेको छैन, जसले नियमित प्रक्रियामा असर परेको छ, समस्या बढ्दै गएको छ भने एकपटक जाँच गराउनुपर्छ ।

नियमितभन्दा चाँडो निद्रा लाग्ने, छट्पटी हुने, निदाउन गाह्रो हुने वा निदाएपछि फेरि ब्युझिहाल्ने, रीस उठ्ने, टाउको दुख्ने र जीउ भारी हुनेजस्ता समस्या भएमा चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ ।

-एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer