२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः भद्रपुरका कोइराला


बिर्तामोड, पुस ५ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् । थप अर्को कार्यकालका लागि कोइराला नियुक्त भएका हुन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले झापा भद्रपुरका कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

साढे २ दशकभन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित छन् ।

कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer