२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

विराट अर्जुनको सेयर पुँजी एक करोड २२ लाख


बिर्तामोड, पुस ८ । बिर्तामोडको एक मात्र उपभोक्ता सहकारी विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको सेयर पुँजी एक करोड २२ लाख २० हजार ९०० रुपैयाँ पुगेको छ ।

आदर्श ब्यांक्वेटमा भएको संस्थाको १४ औँ साधारणसभामा अध्यक्ष नविन खरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बचत दुई करोड ६७ लाख २७ हजार ७८३ रुपैयाँ पुगेको छ । संस्थाको कर्जा लगानी तीन करोड ८ लाख ५१ हजार ९२० रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थालाई आगामी दिनमा अझ मजबुद र विस्तार गर्ने योजना बनाएको छ । संस्थाको वार्षिक प्रतिवेदनअनुसार सेयर सदस्यहरुको जीवन बीमाका लागि जीवन बीमा कार्यक्रम, सदस्य स्वास्थ्य राहत कोष, हस्तकला उद्योगलाई प्रोत्साहन, उपचार खर्चमा छुटलगायत गत वर्षका कार्यक्रमलाई निरन्तरता दिइने योजना बनाइएको छ ।

१४ औँ साधारणसभाको अवसर पारेर अध्यक्ष खरेलले आफ्नी आमा स्वर्गीय नरमाया खरेलको नाममा स्थापित शिक्षा कोषबाट शेयर सदस्यमध्ये विपन्न परिवारका दुई सन्तानलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

वीर अमरसिंह माविमा अध्ययनरत शेयर सदस्य हिरा सहनीका छोरा श्रवण सहनी र दुर्गा हस्दाकी छोरी मनिषा हस्दालाई कोषकी संयोजक उषा थपलिया खरेलले सो सामग्री प्रदान गरिन् ।

संस्थाका अध्यक्ष नवराज खरेल (नविन) को अध्यक्षतामा सम्पन्न साधारणभालाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक शाखा प्रमुख डिल्ली दाहाल, धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारीका अध्यक्ष किशोर भट्टराईलगायतले सफलताको शुभकामना दिएका थिए ।

संस्थाका सचिव डिल्लीराम प्रसाईंले सहजीकरण गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष यादव ओलीले गरेका थिए ।

Comments are closed

Adv footer