२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बाहुनडाँगी जेसिजको अध्यक्षमा देबु बानियाँ


मेचीनगर, पुस ९ । बाहुनडाँगी जेसिज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको १२ औँ वार्षिक साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

२०१३ मा बाहुनडाँगी जेसिजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसिजका सबै पदहरुमा बसेर जिम्मेवारी पूरा गरेका छन् । नेपाल जेसिजबाट पटकपटक सम्मानित भएका बानियाँ देशभरका शाखाहरुसँग परिचति छन् ।

उनी २०१९ मा नेपाल जेसिजको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका थिए । प्रेस क्लब मेचीनगरका सचिव समेत रहेका बानियाँ पेशाले शिक्षक हुन् । उनी बलभद्र आधारभूत विद्यालयका शिक्षक हुन् ।

अधिवेशनले शाखाको कार्यकारिणी उपाध्यक्षमा सुष्मा मिश्र, केदार सुनवार, उपाध्यक्षहरुमा थेसिस रुचाल, पवन बराइली, सदेश पौडेल र किरण गौतम सर्वसम्वत निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष बानियाँले विभिन्न पदमा मनोनित समेत गरेका छन् । मनोनित हुनेहरुमा महासचिवमा सुस्मिता खतिवडा, कानुनी सल्लाहकारमा न्युटन कार्की र कोषाध्यक्षमा नृत्यनन्द चम्लगाईं रहेका छन् । अन्य बाँकी पदहरुलाई शाखाको पद हस्तान्तरण समारोहमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer