२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बससँग स्कुटर ठोक्किँदा अर्जुनधाराका खतिवडाको मृत्यु


दमक, पुस ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को. १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका झापा अर्जुनधारा–७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु थियो ।

स्कुटर चालक अर्जुनधारा–९ निवासी २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी–६ निवासी ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer