२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जोरसिमल कपमा आयोजकको विजयी सुरुवात


मेचीनगर, पुस ९ । मेचीनगर-७ जोरसिमलमा सुरु भएको जोरसिमल कपमा आयोजक युवा क्लब जोरसिमलले विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा युवा क्लब जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो । जोरसिमलका तर्फबाट खेलको ५० औँ मिनेटमा विकास दनुवारले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच गोलकर्ता विकास दनुवार भए । उनलाई मेचीनगर युवा परिषदका उपाध्यक्ष विवेक खवासले ट्रफी प्रदान गरे ।

प्रतियोगिताका संयोजक सञ्जय मेचेका अनुसार जोरसिमल कपमा मेचीनगरका ११ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ ।

प्रतियोगितामा मोहनकित्ता एफसी, युथ क्लब जोरसिमल, घोडाजिन एफसी, ब्रदर्श एफसी, एफसी डोको, ज्यामिरगढी एफसी, एनएफसी धुलाबारी, तुर्केनी एफसी, देवीगंगा एफसी, सालबारी एफसी र जिएफसी चारआलीको सहभागिता रहेको मेचेले बताए ।
प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद २० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न दुई लाख खर्च अनुमान गरिएको छ ।

एक कार्यक्रमका बीच मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर-७ का वडा अध्यक्ष प्रह्लादमणि ओलीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer