२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

चाणक्यका ६ नीतिअनुसार सफलताका सूत्र


बिर्तामोड, पुस १० । चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।

चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानि वा नोक्सानको सामना गर्नुपर्दैन । उनका यी नीतिहरुलाई लागु गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न सक्छ । चाणक्यका ६ नीति ख्याल राख्दा जीवनमा एक रुपैयाँ पनि घाटा हुन्न ।

आफ्नै पहिचान

मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ । योग्यताले नभ्याउने काम गर्नुहुन्न । आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

मित्र र शत्रुको पहिचान

मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौँ भने हानिबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन् । यिनीहरुबाट बच्नुपर्छ । शुत्रलाई चिनेर उनीहरुबाट सधैँ बच्नुमा भलाई हुन्छ ।

स्थानको पहिचान

मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन् । यदि खराब मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वस्थ अनुकूल छैन भने त्यसबाट बच्न पहिलै प्रबन्ध गर्नुपर्छ ।

समयको पहिचान

जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ । सुखका दिन छन् कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडि बढ्नु र सुखमा बेलामा लापरबाही गर्नुहुँदैन ।

गुरु वा स्वामीको चाहनाको पहिचान

मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ । उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ । यसो गर्दा केही अप्ठ्यारोको सामना त गर्नुपर्ला र यही सही नीति हो ।

आय र व्ययको पहिचान

मानिसलाई आफ्नो आय–व्यय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाइअनुसार खर्च गर्ने हो । आफ्नो आर्थिक तागत बमोजिम योजना गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer