२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दुई पक्षीय सहमतिपछि मनमोहन अस्पतालको विवाद साम्य


बिर्तामोड, पुस १० । बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव दुई पक्षीय सहमतिपछि साम्य भएको छ ।

दोषीलाई कारबाही र मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने पीडित पक्ष र अस्पताल प्रशासनबीच सहमति भएपछि विवाद साम्य भएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने सहमति जुटेपछि मृतकको शव आफन्तले बुझेको मृतकका भान्जा भवानीप्रसाद दंगालले बताएका छन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच आज इलाका प्रहरी कार्यालय अनारमनीमा छलफलपछि सहमति जुटेको थियो ।

पाँचथरको हिलिहाङ गाउँपालिका ३ घर भई बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बाँस्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा हिजो साँझ मृत्यु भएको परिवारले जनाएका छन् ।

उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामी पक्षले उपचारमा संलग्नमाथि कारबाहीको माग गरेर अस्पतालमा नाराबाजी गरेका थिए । अस्पतालमा भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको थियो ।

खुट्टा सुन्निएर सोमबार बिहान ८ः३० बजे उपचारका लागि तीनपांग्रे अट्टोमा चडेर आफैँ हिँडेर अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा मृत घोषणा गरिएको थियो । नर्वदाको मृत्युपछि आफन्त पक्षले आज दिनभर अस्पतालबाहिर नाराबाजी गर्दै विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer