२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विज्ञान शिक्षक समाज झापाको अध्यक्षमा भण्डारी


बिर्तामोड, पुस १० । बिर्तामोडको देवी माविका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारी विज्ञान शिक्षक समाज झापाको अध्यक्षमा निर्वाचित भएका छन् ।

बिर्तामोडमा आज सम्पन्न समाजको दोस्रो अधिवेशनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा चन्द्रविनोद कोइराला, सचिवमा खेमराज गौतम, कोषाध्यक्षमा हिमादेवी ओझा र सहसचिवमा निर्मल पोखरेल निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईं, शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, शिक्षक संगठनका झापा सचिव लम्बोधर पौडेल, एन्टोका झापा अध्यक्ष कपिलदेव तिम्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले क्षेत्रीय अधिवेशन प्रतिनिधिको रुपमा गिरिधर कट्टेललाई चयन गरेको छ । अधिवेशन समाज झापाका अध्यक्ष महेन्द्रविलास लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer