२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जोरसिमल कपमा ब्रदर्श र सालबारीको जित


मेचीनगर, पुस १० । मेचीनगर७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् ।

प्रतियोगिताको आजको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजिन एफसीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले जित हासिल गरेको हो ।

निर्धारित समयमा दुवै टिमले समान १–१ गोल गरेपछि खेलको नतिजा टाइब्रेकरचर्फ धकेलिएको थियो । जसमा ब्रदर्श विजेता बन्यो ।

खेलमा घोडाजिनको तर्फबाट पुजन मगरले १ गोल र ब्रदर्शको तर्फबाट सन्दिप रसाइलीले १ गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच ब्रदर्श एफसीका गोल किप्पर रोमन क्षेत्री घोषित भए । उनलाई फुटबलप्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।

त्यस्तै, आज भएको दोस्रो खेलमा सालबारी एफसी विजयी भएको छ । चारआली एफसीलाई ३–२ गोल अन्तरले हराउँदै सालबारी विजयी भएको हो ।

पहिलो हाफमा २–० ले अग्रता कायम गरेको चारआली दोस्रो हाफमा सम्हालिन नसक्दा ३ गोल खान पुग्यो । चारआलीको तर्फबाट मनकुमार लिम्बूले २ गोल गरेका थिए भने सालबारीको तर्फबाट अर्जुन किस्कूले २ तथा बाबु धिमालले १ गोल गरे ।

खेलको म्यान अफ दि म्याच अर्जुन किस्कू घोषित भए । उनलाई फुटबलप्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।

पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सञ्जय मेचेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer