२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जोरसिमल कपमा धुलाबारी र तुर्केनी विजयी


मेचीनगर, पुस ११ । मेचीनगर ७ को जोरसिमलमा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ ।

धुलाबारीका लागि आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच धुलाबारीका आदित्य ढुङ्गेल भए । ढुङ्गेललाई समाजसेवी गंगा संग्रौलाले नगद पाँच सय र ट्रफी प्रदान गरे ।

त्यस्तै, दोस्रो खेलमा तुर्केनी एफसी काँकरभिट्टाले देवीगञ्ज एफसीलाई १–० गोल अन्तरले हरायो । तुर्केनीका तर्फबाट राज क्षेत्रीले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच भएका क्षेत्रीलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले नगद पाँच सय र ट्रफी प्रदान गरे ।

पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सञ्जय मेचेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer