२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जाडोमा स्वस्थ रहने घरेलु तरिका


बिर्तामोड, पुस १२ ।


शरीरलाई क्रियाशील राख्ने

बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।

खानपानमा ध्यान दिने

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।

वजन बढ्न नदिने

जाडोमा मसलादार र चिल्लो खाना खाने रुचि बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । मोटाएर खासगरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।

पर्याप्त सुत्ने

वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

छाला स्वस्थ राख्ने

जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ ।

बिरामीबाट परै रहने

रुघाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ । त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer