२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

लागत मूल्य नपाउँदा घट्याे चियाको निर्यात


बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब २३ करोड २१ लाख ५२ हजार रुपैयाँको १ करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो।

जसअनुसार गत वर्षको भन्दा यस वर्ष ३६ करोड ३ लाख ८० हजार रुपैयाँ चिया निर्यातमा कमी आएको छ। साधारण चिया गत वर्षकै तुलनामा निर्यात भइरहेको र स्पेशल किसिमको चियामा किसानले लागतअनुसार मूल्य नपाउँदा चिया निर्यातमा कमी आएको चिया कफी विकास बोर्डका प्रवक्ता डा दिपक खनाल बताउँछन्।

‘ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेशल चियामा पर्दछन्। यी चियाको मूल्य अरु साधारण चियाको भन्दा बढी हुन्छ। यी चियाको लागतअनुसार मूल्य नपाएको भन्दै उत्पादक तथा प्रशोधकबाट गुनासो आएको छ। मूल्य नपाएपछि किसानले बिक्री नगरेकाले अहिले चिया निर्यात घटेको हुनसक्छ,’ खनालले भने।

यस्तै भारतले विगतदेखि चिया आयातमा कडाइ गरेका कारण चिया निर्यातमा कमी आएको उनले बताए। ‘भारतको दार्जिलिङ धेरै पुरानो चिया बगान हो। त्यहाँको चिया गुणस्तरीय छैन। तर भारतले नेपालको चिया गुणस्तरहीन छ भनेर विश्वभर अफहवा फैलाउँछ। अनि नेपाली चिया सस्तोमा किनेर दार्जिलिङको चिया भनेर बिक्री गर्दै आएको छ,’ उनले भने।

सस्तोमा खरीद गरेर ७ गुणा महँगोमा बिक्री गर्छ भारत अहिले भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र आफू विश्व बजारमा ७ गुणा बढी मूल्यमा बिक्री गरिरहेको प्रवक्ता खनाल बताउँछन्। खनालका अनुसार भारतले नेपाली चिया प्रतिकिलो ५६० रुपैयाँमा खरिद गर्ने गरेको छ। विश्व बजारमा भने भारतले ३ हजार ७०० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गर्छ।

यस्तै सरकारले चीनतर्फ निर्यात गर्न तयारी गरिरहेको बताए। सरकारले चिया निर्यात गर्न सम्झौता गरेर निर्यात गर्न नमिल्ने भएकाले चिया उत्पादक तथा प्रशोधकले चाइनाको भन्सारमा आफ्नो सूची दर्ता गराउनुपर्ने सिस्टम भएकाले चिनतर्फ चिया निर्यात गर्न नसकेको बताउँछन्।

‘ठूला चिया उत्पादकले यसमा खासै चासो देखाउँदैनन्। उनीहरुले भारत बाहेकका अन्य मूलुकमा आफैं सप्लाई गर्छन्। जुन साना उत्पादककर्ता छन्, उनीहरुले ठूलो रकम तिरेर सूची दर्ता गराउन सक्दैनन्। त्यसकारण सरकार आफैंले चीनको भन्सारमा चिया उत्पादक कर्ताको सूची दर्ता गराउन पहल गर्नुपर्ने देखिन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer