२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको चैतुबारीका पौडेल करोडौँ ठगेर सम्पर्कविहीन


बिर्तामोड, पुस १२ । झापाको बिर्तामोड-२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएका छन् ।

पौडेल स्थानीयहरुको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् । विगत एक वर्षदेखि सम्पर्कमा नरहेका पौडेलविरुद्ध पीडितहरुले मुद्दा दायर गरेका छन् । तर पनि उनी एक वर्षयता भेटिएका छैनन् ।

५३ जना पीडितहरुले आफूहरुको तीन करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् । आफ्नो मात्र ७५ लाख रुपैयाँ ठगी गरेको तत्कालीन गाविसका पूर्वसचिव रहेका चैतुबारीका हरिप्रसाद श्रेष्ठले बताए ।

उनलाई पौडेलले ५५ लाखको चेक दिएका थिए । रकमबिनाको ५५ लाखको चेक बाउन्सको उनले मुद्दा दिएका छन् । त्यस्तै, चेतुबारीकै दिलिप राजवंशीको पनि ७५ लाख रुपैयाँ पौडेलले ठगी गरेका छन् । आफूलाई पनि रकमबिनाको चेक दिएर ७५ लाख रुपैयाँ ठगी गरी पौडेल फरार भएको राजवंशीले बताए ।

स्थानीयहरुसँग चर्को मिटर ब्याजमा रकम लिएर उनले त्यति धेरै रकम ठगी गरेको बुझिएको छ । मिटर ब्याजमा ऋण लिएर त्यसबापत उनले ऋणीहरुलाई खातामा रकम नभएको चेक दिएको खुलेको हो ।

कतिपयसँग उनले सापट लिएका थिए । छरछिमेकदेखि नातागोतासम्मलाई उनले ठगी गरेको बताइएको छ । चैतुबारीमै घरपरिवार भएका पौडेललाई गत वर्ष पक्राउ गरी पीडितहरुले दुईपटक इलाका प्रहरी कार्यालय अनारमनी पुर्याएका थिए । तर, त्यस बेलाका डिएसपी रुगमबहादुर कुँवरले कारबाही नगरी छाडिदिएका थिए ।

पौडेलको घरमा रहेका श्रीमती र परिवारका अन्य सदस्यले आफूहरुलाई केही पनि थाहा नभएको बताउँदै आएका छन् । प्रहरीले पौडेलको खोजी कार्यका लागि तदारुकता नदेखाउँदा आफूहरु पीडित बनेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer