२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरियामा सुतेकै ठाउँमा मृत भेटिए बुद्धशान्तिका पदम


बिर्तामोड, पुस १३ । दक्षिण कोरियामा रोजगारीमा रहेका झापाको बुद्धशान्तिका एकजना युवा मृत भेटिएका छन् ।

बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत बुद्धशान्ति-३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया पुगेका थिए । एक वर्षअघि विदामा घर आएर उनी रोजगारीका लागि फर्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनको चार दिनअघि मात्र परिवारसँग सम्पर्क भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer