२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सिद्धार्थ बैंकको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन


बिर्तामोड, पुस १४ । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ ।

झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताहरुको सहभागिता रहेको थियो ।

बिर्तामोड शाखाका अपरेसन इन्चार्ज निरज भण्डारीका अनुसार बैंकको २१ औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई बैंकका कोशी प्रदेश उपप्रमुख सुवास श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer