२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराका दुईजना ब्राउन सुगरसहित चारआलीबाट पक्राउ


मेचीनगर, पुस १४ । झापाको मेचीनगर १३ चारआली चोकस्थित पूर्वपश्चिम राजमार्गबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा ११ का २९ वर्षीय मनिष मोक्तान र उनले चलाएको मोटरसाइकल पछाडि बसेका सोही स्थानका ३७ वर्षीय ऋगबहादुर दर्जी छन् ।

शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई गए राति अन्दाजी १०ः४५ बजेको समयमा पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५ प ३६४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer