२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चौथो चन्द्रगढी भेट्रान फुटबलको उपाधि एभरेस्ट भेट्रानलाई


भद्रपुर, पुस १४ । भद्रपुरमा सम्पन्न केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेस्ट भेट्रान पथरियाले उचालेको छ ।

चन्द्रगढी भेट्रान क्लबको आयोजनामा मेची रंगशालामा भएको फाइनल खेलमा एभरेस्टले लखनपुर दमक भेट्रान क्लबलाई २-१ को गोल अन्तरले हराउँदै उपाधि चुमेको उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

उपाधिसँगै एभरेस्ट भेट्रानले नगद ५१ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित लखनपुर दमकले नगद ३१ हजार १११, ट्रफी र मेडलमा चित्त बुझायो ।

जितका लागि एभरेस्टको तर्फबाट खेलको छैटौँ मिनेटमा गणेश लावती र २० औँ मिनेटमा प्रदिप चौधरीले गोल गरेका थिए । लखनपुर दमकका दिपेन गिरीले २४ औँ मिनेटमा एक गोल फर्र्काएका थिए ।

प्रतियोगितामा विजेताको पुरस्कार रामबाबु रिजाल र कृष्णबाबु रिजालले सौजन्य गरेका थिए भने उपविजेतको पुरस्कार शिवसताक्षीका मनोज लावतीले प्रदान गरेको जैसवालले बताए ।

प्रतियोगितामा म्यान अफ द म्याच, विधागत पुरस्कार तथा फुटबलको सौजन्य धर्म न्यौपाने, अरुण सिंह, विजय काम्बाङ, विशाल गुरुङ र अनुप चौभरीले गरेका थिए ।

प्रतियोगितामा नेपाल र भारतका नौवटा भेट्रान क्लबहरुको सहभागिता रहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer