२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशीलाई हराउँदै एपिएफ फाइनलमा


बिर्तामोड, पुस १५ । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १४० रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनायो । कोशीको लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।

रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ र काजोल श्रेष्ठ ४ रनमा आउट भइन् । लखिता राजवंशीले १४ र बिमला महलाले ६ रन बनाइन् । एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । एपिएफको जितमा इन्दु बर्मा ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन् ।
रोमा थापा १६ बलमा १८ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि रोमा र इन्दुले ५८ रनको अविजित साझेदारी गरेका थिए ।

सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन आउट भइन् । निशा शाहले उत्कृष्ट रन आउट गर्दै पेभेलिएन फर्केकी थिइन् । ओपनर ज्योति पाण्डेलाई कप्तान रुविनाले १२ रनमै बोल्ड गरेकी थिइन् ।
दोस्रो विकेटका लागि सीता र इन्दुले ४३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् ।

कोशीले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ । एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer