२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा स्पाइन एक्स ट्रमा सेन्टर सञ्चालनमा


बिर्तामोड, पुस १६ । झापाको बिर्तामोडमा मेरुदण्डको विशिष्ट उपचार हुने स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर उद्घाटन भएको छ ।

बिर्तामोड-३ भगवानचोकमा स्थापना भएको १५ शैय्याको उक्त अस्पतालको आज एक कार्यक्रमका बीच एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छेले उद्घाटन गरेका हुन् ।

अस्पतालका सञ्चालक एवम् वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीले मेरुदण्ड (स्पाइन) सम्बन्धी उपचार गर्ने नेपालकै यो पहिलो ट्रमा सेन्टर भएको जानकारी दिए ।

अस्पतालमा ३० करोड रुपैयाँको प्रारम्भिक लगानी रहेको जनाउँदै उनले यहाँ हाडजोर्नी, नशा तथा मेरुदण्ड सम्बन्धी सबै विशेषज्ञ उपचार सेवा प्रदान गरिने र एक वर्षपछि यसलाई विस्तार गरेर १०० शैय्याको बनाइने जानकारी दिए ।

सडक दुर्घटना हुँदा मानवीय क्षतिदर उच्च हुने र त्यसको तत्काल विशेषज्ञ उपचार सेवा उपलब्ध भएमा जीवन बचाउन सकिने सम्भावना भएकाले स्पाइन ट्रमा अस्पतालको आवश्यकता भएको उनले बताए । अस्पतालमा गुणस्तरीय र सर्वसाधारणको सहज पहुँच पुग्नेगरी सुलभ उपचार सेवा दिइने बताइएको छ ।

मेरुदण्ड सर्जन डा. गौरवराज ढकालले हाडजोर्नी तथा मेरुदण्डको उपचारका लागि अब भारत धाउनु नपर्ने बताए । उनका अनुसार अस्पतालले कि–होल सर्जरी, जोर्नी प्रत्यारोपण, कम्प्लेक्स ट्रमा सर्जरी, बोन बायोप्सी, छिनेको हातखुट्टा जोड्ने उपचार, सीटी स्क्यान, अत्याधुनिक ल्याब, क्याबिनसहितको डे–केयर सर्जिकल मेडिकल वार्ड लगायतको उपचार सेवा तथा सुविधा प्रदान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer