२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री घाइते


मेचीनगर, पुस १६ । झापाको मेचीनगर १५ स्थित हेल्दुबारीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकलयात्री घाइते भएका छन् ।

दुर्घटनामा घाइते साइकलयात्री मेचीनगर ७ बीचकामतका १७ वर्षीय विजय तामाङको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी चौकी ज्यामिरगढीले जनाएको छ ।

आज साँझ सवा ५ बजे मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालकलाई सामान्य चोट लागेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer