२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा एउटै घरबाट चोरियो दुईवटा मोटरसाइकल


बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड-१० मा हिजो राति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ । बिर्तामोड-१० बस्ने शंकर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो ।

बेघाको मे. ११ प ५९७५ नम्बरको पल्सर र उनकी श्रीमती नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने निशा लिम्बूको मे. ११ प ५३२१ नम्बर को स्प्लेन्डर मोटरसाइल हराएको हो ।

घरमा राखिएको दुईवटै मोटरसाइकल चोरी भएकोमा मे. ११ प ५९७५ नम्बरको पल्सर घरदेखि करिब सात सय मिटर पर झाडीमा आज बिहान भेटिएको छिमेकी चन्द्र राईले बताए ।

यसैबीच, हिजो राति हल्दिबारी १ गोलधापमा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । राति ८ बजेको समयमा मे. ३ प ९१४९ नम्बरको सिबिजेड रातो कालो रंगको मोटरसाइकल फेला परेको प्रहरी चौकी गोलधापले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer