२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा एकैदिन तीनजना मृत भेटिए


बिर्तामोड, पुस १९ । झापामा तीनजना मृत भेटिएका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत भेटिएका हुन् ।

आज बिहान ६.३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नम्बर ८ जितपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अवस्थामा भेटिएका थिए ।

रुखमा सलको पासो लगाई उनी झुन्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । तामाङ चार दिनअघि घरबाट हिँडेका थिए ।

त्यस्तै, शिबसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत भेटिएका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको जनाइएको छ ।

त्यस्तै, आज बिहान ११ः३० बजेको झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुन्डिएकी छन् ।

आफन्तले देखेर तत्काल पासो खोली भुइँमा झारे पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer