२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

जापान पठाइदिन्छु भनेर साढे ६ लाख ठग्ने एकजना झापाली पक्राउ


बिर्तामोड, पुस १९ । महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने झापाका एकजना पक्राउ परेका छन् ।

भक्तबहादुर राईसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाडौँको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो ।

उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ मागेका थिए । तर, पीडितहरूबाट पटकपटक गरी छ लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।

विदेशमा आकर्षक तलब पाइन्छ भन्ने लोभमा गैरकानुनी तरिकाले कसैलाई पनि पैसा नदिन प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer