२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्तिका ३७ वर्षीय पुरुष पक्राउ


मेचीनगर, पुस १९ । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी इलाका प्रहरी कार्यालय धुलाबारीमा दिएका थिए । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer