२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

स्वास्थ्य बीममा दीर्घरोगीलाई माघ १ गतेदेखि तीन महिनाको औषधि


बिर्तामोड, पुस २७ । स्वास्थ्य बीमा बोर्डले यही माघ १ गतेदेखि दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था लागु गर्ने भएको छ ।

बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवासम्बन्धी कार्यविधि २०८० परिमार्जनसहित लागु गर्न लागिएको बताए ।

यसैबीच, स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली पनि माघ १ गतेदेखि लागु हुने भएको छ ।

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी (को–पेमेन्ट) लागु गर्न बोर्डले अपिल समेत गरेको छ । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागु गरेको छ ।

अध्यक्ष लोहनीले स्टेक होल्डरहरु बीमा बोर्ड, बीमित र सेवा प्रदायकहरु रहेकाले यसमा निजी, सरकारी सहकारी भन्ने नभएको बताए ।

उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको सेवा खरिद गर्ने र बीमितहरुलाई सेवा दिने भएकाले निजी र सरकारी भन्ने नहुने बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्न गरी काम गरिरहेको पनि बोर्डले बताएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेको छ ।

आचार संहितामा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने, दाबी व्यवस्थापन शाखा र प्रविधि शाखाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer