२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शरीरमा तागत भर्ने चार कुरा


बिर्तामोड, पुस २८ । हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ । अलि अलि धपेडी हुने काम गरेपछि मान्छे कमजोर र थकित हुन थाल्छन् । स्टामिना राम्रो छ भने राम्रो तरिकाले काम गर्न मद्दत मिल्छ । शरीरमा स्टामिना कम भइरहेको महसुस हुन थालेको छ भने यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

खानेकुराले हामीलाई ऊर्जा दिन्छ । समग्रमा स्टामिना बढाइदिन्छ । तर, ध्यानमा राख्नुपर्ने कुरा चाहिँ के हो भने कुनै एउटा मात्रै खाद्य पदार्थ एक्लैले चमत्कारिक रूपमा स्टामिना बढाउन सक्दैन । विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न, प्रोटिन र हेल्दी फ्याट सबै समावेश गरिएको सन्तुलित, पौष्टिक आहारले स्टामिना बढाउन मद्दत मिल्छ ।

केरा

केरामा कार्बोहाइड्रेट्स, प्राकृतिक चिनी र पोटासियम भरपुर मात्रामा हुन्छ । यसले तुरुन्तै अनि लामो समयसम्म एनर्जी दिइरहन्छ । त्यसैले, आफ्नो स्टामिना बढाउने मामिलामा यो उत्कृष्ट विकल्प साबित हुन सक्छ । नास्तामा ओट्स वा स्मुदीमा काटिएको केरा मिसाएर खाँदा पूरै दिन ऊर्जावान बनाएर राख्न मद्दत गर्न सक्छ ।

ओट्स

ओट्समा उच्च मात्रामा फाइबर, जटिल कार्बोहाइड्रेट्स र भिटामिन हुन्छ । जसले भोजनलाई ऊर्जामा बदल्न मद्दत गर्छ । यसले स्टामिनालाई बढाएर ऊर्जा पनि दिन्छ । दिनको सुरुमै एक कचौरा ओटमिल खानुस् या स्मुदीमा ओट्स हालेर खानुस् ।

चिया सिड

चियाको बीउमा स्वस्थ फ्याट, प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्टसमेतका कयौँ पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । यसले शरीरलाई लामो समयसम्म ऊर्जावान बनाइराख्छ । दहीमा चिया सिड हालेर खान सकिन्छ ।

बदाम

बदाम स्वस्थ बोसो, प्रोटिन र फाइबरको ठुलो स्रोत हो । यसले निकै धेरै ऊर्जा दिन्छ । समग्रमा स्टामिना सुधार्छ । हरेक दिन नास्तामा पाँचदेखि छवटा बदाम खानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer