२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट ग्राहकको साढे तीन लाख नगद गायव


बिर्तामोड, पुस २९ । झापाको शिवसताक्षी-६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट एकजना ग्राहकको तीन लाख ४३ हजार नगद गायव भएको छ ।

शिवसताक्षी-६ बस्ने कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायव गरिएको हो ।

महालक्ष्मी सेभिङ खातामा रकम जम्मा गरिएको थियो । १५ हजार, २० हजारका दरले पटकपटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना गरिएको राजवंशीले बताए ।

उनले बैक कर्मचारीकै मिलेमतोमा आफ्नो रकम गायव गरिएको आरोप लगाए । एटिएम कार्डबाट सो रकम निकालेको देखिएको छ । जबकि राजवंशीले एटिएम कार्ड बनाएका थिएनन् ।

राजवंशीको बैंक खाताबाट हराएको रकमका बारेमा गैरजिम्मेवार जवाफ दिएको बैंकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए । उनले स्थानीयहरुले दबाब दिएपछि मात्र बैंक इस्टेटमेन्ट दिएको जानकारी दिए ।

अर्को कुनै व्यक्तिले राजवंशीको खाताबाट सो रकम निकालेको भन्दै बैंकले एक लाख तीन हजार, एक लाख ४० हजार र एक लाख गरी सो रकम राजवंशीको खातामा जम्मा गरेको पौडेलले बताए ।

आफ्नो खाताबाट भएको रकम हिनामिनाको छानबिन गरी दोषीलाई कारबाही गर्न राजवंशीले आज इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएका छन् । उनले प्रहरीसँगै राष्ट्रिय विाणिज्य बैंकको केन्द्रीय कार्यालयमा समेत आजै उजुरी पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer