२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

स्वास्थ्य बीमाअन्तर्गत ओपिडी र आकस्मिक शुल्क घटाइयो


बिर्तामोड, माघ १ । स्वास्थ्य बीमा बोर्डले बीमाअन्तर्गत रहेको ओपिडी र आकस्मिक शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुनेगरी नयाँ शुल्क निर्धारण गरेको हो ।

बोर्डको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै नयाँ शुल्क निर्धारण गरेको हो ।

नयाँ निर्णयअनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपिडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्नेछ ।

यसअघि ओपिडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।

यसअघि ओपिडी र आकस्मिक शुल्कलाई प्याकेज भनेर केही परीक्षणका विषय पनि राखिएको थियो ।

तर, उक्त विषय पूर्ण कार्यान्वयनमा नआएपछि अहिले प्याकेज शुल्क भनेर नभनी ओपिडी र आकस्मिक टिकट शुल्क मात्र भनिएको बोर्डका एक कर्मचारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer