२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीकी ताजपुरिया दुई वर्षीय छोरासहित बेपत्ता


बिर्तामोड, माघ १ । झापाको शिवसताक्षी–५ भेलामनीकी एक महिला दुई वर्षीय छोरासहित बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ ।

२६ वर्षीय दौपती ताजपुरिया दुई वर्षीय छोरा रोहण ताजपुरियासहित पाँच दिनअघि देखि बेपत्ता भएकी हुन् ।

पुस २६ गते बिहीबार बिहान १० बजे माइत जान्छु भनेर घरबाट निस्किएकी ताजपुरिया हालसम्म सम्पर्कमा नआएको उनका ससुरा भानुदेव ताजपुरियाले झापा टुडेलाई जानकारी दिए ।

कालो ज्याकेट र कुर्था सुरुवाल र जम्परजस्तो स्विटर लगाएर घरबाट हिँडेकी दौपतीको खोजीका लागि माइती पक्ष पनि लागिपरेको उनले बताए ।

छोरा रोजगारीका लागि वैदेशिक रोजगारीमा रहेको बताउँदै बुहारीलाई कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालय, शिवसताक्षी नगरपालिका ५ नम्बर वडा कार्यालय वा मोबाइल नम्बर ९८१५९७६७६८ मा सम्पर्क गरिदिनुहुन उनले अनुरोध गरेका छन् ।

पाँच फुट उचाइकी गहुँगोरो वर्णकी भएकी दौपती छोरो समेत गहुँगोरै वर्णको रहेको उनको भनाइ छ । आफ्नी बुहारी हराएपछि उनले हुलियासहित प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer