२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

ग्राहक ठग्दै विमानस्थलका पसल, एक कप अमिरिकानो कफीको ३५० !


बिर्तामोड, माघ १ । सामान्यतया कफी पसलमा एक कप अमिरिकानो कफीको मूल्य १५० हो । डबल सटको १८० रुपैयाँसम्म पर्छ ।

तर, काठमाडौँस्थित डोमेस्टिक विमानस्थलमा सञ्चालित पसलले एक कप अमिरिकानो कफीको ३५० रुपैयाँ लिएको छ ।

झापा बिर्तामोडका युवा किरण सिटौलाले आज झापा आउने क्रममा कफी पिउँदा ३५० रुपैयाँ तिर्नु परेको छ । कफीका नियमित सेवनकर्ता सिटौलाले कफी महँगो भएको गुनासो गरे पनि उल्टै हप्की खानु परेको थियो ।

विमानस्थलमा रहेको होटल स्वोनिगा प्रालिले कफी लगायत अन्य खाद्य पदार्थको मूल्य पनि एमआरपीभन्दा दोब्बर लिने गरेको किरणले झापा टुडेलाई जानकारी दिए ।

केही महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अनुगमन गर्दै विमानस्थलमा सञ्चालित पसलहरुलाई बढी मूल्य नलिन निर्देशन दिएका थिए ।

तर, विमानस्थलका पसलेहरुले मन्त्रीको निर्देशनको अवज्ञा गर्दै आएको पुष्टि भएको किरणले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer