२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई माईमेलामा पार्किङ र भिटौरीका नाममा ठगी


बिर्तामोड, माघ १ । झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरुले पार्किङ र भिटौरी करको नाममा ठगी गरेको पाइएको छ ।

कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माईमेलाका लागि तोकेको दरभन्दा मेला सञ्चालकहरुले दोब्बर तेब्बरभन्दा बढी रकम असुलेका हुन् ।

कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क २० रुपैयाँ, मोटरसाइकल पार्किङ शुल्क ५० रुपैयाँ, कार, जिप, भेन साना सवारीसाधन पार्किङ शुल्क १०० रुपैयाँ र ठुला सवारी बस, ट्रकसमेतका लागि पार्किङ शुल्क २०० रुपैयाँ दर कायम गरेर मेला सञ्चालकलाई अनुमति दिएको थियो ।

ठेकेदारले असुलेको पार्किङ शुल्क

मेला सञ्चालकले स्कुटरका लागि १०० रुपैयाँ असुलेका छन् भने कार, जिप, भेनका लागि ३०० रुपैयाँ शुल्क उठाएका छन् ।

त्यस्तै, कनकाई नगरपालिकाले भिटौरी करतर्फ प्रति स्क्वायर फुट (स्पेसल) २५ रुपैयाँ, भिटौरी प्रतिस्क्वायर फुट (न्यूनतम) २० रुपैयाँ र सबैभन्दा साना पसलका लागि न्यूनतम ५०० रुपैयाँ तोकेको थियो ।

कनकाई नगरपालिकाले तोकेको पार्किङ शुल्क

तर, मेला सञ्चालकले दरभन्दा निकै बढी आफूखुसी भिटौरी कर लिएको व्यवसायीहरुले बताएका छन् ।

कनकाईको पश्चिम तटीय क्षेत्रमा लागेको मेला शिवसताक्षी नगरले ठेक्का दिएर आयोजना भएको हो भने कोटिहोम क्षेत्रमा कनकाई नगरपालिकाले ठेक्का लगाएर आयोजना भएको हो ।

कनकाई नगरपालिकाले तोकेको भिटौरी कर

एक फुट भिटाको १ हजार रुपैयाँसम्म ठेकेदारले रकम असुल गरेको शिवसताक्षीका व्यवसायी हिक्मत लामाले गुनासो गरेका छन् ।

माईमेलामा यो वर्ष करिब एक लाख तीर्थयात्री आएको अनुमान गरिएको छ । मकर स्थानका लागि कतिपय तीर्थयात्रीहरु अघिल्लै दिन मेला परिसरमा आएर भजन कीर्तनका साथ जाग्राम बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer