२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणद्वारा सर्पदंशसम्बन्धी जानकारीमुलक कक्षा


मेचीनगर, माघ २ । झापाको चारआलीमा रहेको अरिदमन गणले आन्तरिक पर्यटकहरुलाई सर्पदंशसम्बन्धी जानकारी प्रदान गरेको छ ।

मेचीनगरको बाहुनडाँगीमा भएको तरुल उत्सव कार्यक्रममा आउने स्थानीय पर्यटकहरुलाई लक्षित गरी गणले सर्पदंशबारे जानकारीमुलक दुई दिने कक्षासमेत सञ्चालन गरेको थियो ।

गणका सर्पदंशसम्बन्धी विज्ञ सैनिकहरुले महोत्सवका प्रमुख अतिथि कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री गणेश उप्रेती र प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मालगायत करिब एक हजारजना आगन्तुकहरुलाई सर्पसम्बन्धी जानकारी गराएका थिए ।

उनीहरुले जिल्लामा पाइने सर्पका किसिमहरु, विषालु सर्प तथा अविषालु सर्पको डसाइ पत्ता लगाउने तरिका, सर्पले डसेपछि गर्नुपर्ने कार्यहरु, सर्पको डसाइबाट बच्ने उपाय र चारआली सर्पदंश उपचार केन्द्रबाट प्रदान गरिने उपचार तथा सेवाका बारेमा जानकारी गराएका थिए ।

गणका सैनिकहरुले जनचेतना फैलाउन सर्पदंशसम्बन्धी पर्चा तथा पम्पेट वितरण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer