२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा बेलुन फुलाउने सिलिन्डर बिस्फोट, एकजनाको खुट्टा चुँडियो


बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको एक विद्यालयको वार्षिक कार्यक्रममा बेलुन फुलाउने सिलिन्डर बिस्फोट भएको छ ।

हेलियम ग्यास भरिएको सिलिन्डर आज बिहान बिस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनीको खुट्टा चुँडिएको छ ।

बिर्तामोड-७ मा रहेको बेल्स मोडल स्कुलको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा बिस्फोट भएको थियो ।

सहनीलाई उपचारको लागि बिएन्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडा अध्यक्ष अविरल कृष्ण खरेलले झापा टुडेलाई जानकारी दिए ।

वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मरमुनिको भाग छेदविच्छेद अवस्थामा छ । सिलिन्डर बिस्फोटमा उनको खुट्टा चुँडिएर झरेको हो ।

सिलिन्डर बिस्फोटमा अन्य एकजना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

यसैबीच, सिलिन्डर पड्किँदा निस्किएको आवाजले विद्यालयमा कक्षा-९ मा अध्ययनरत १५ वर्षीया विद्यार्थी कुसुम तामाङको कानमा समस्या आएर बिएन्डसी भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer