२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा घरको तीन तलाबाट खस्दा ४ वर्षीय बालक गम्भीर घाइते


बिर्तामोड, माघ २। झापाको कनकाई नगरपालिका ३ मा घरको तीन तलामाथिको रेलिङबाट लडेर ४ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

आज (मंगलबार) दिउँसो ३ बजेको समयमा आकाश अधिकारीका छोरा सुवास अधिकारी घरको तीन तलामाथिको रेलिङबाट भुइँमा खस्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोरङ बुढीगंगा–३ का आकाश र उनका छोरा कनकाई–३ बस्ने आफन्त लक्ष्मी बरालको घरमा पाहुना आएका थिए ।

गम्भीर घाइते भएका बालकको अहिले बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुंगाको टोली घटनास्थल गई घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer