२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कृष्णप्रसाद स्मृति फुटबलमा लक्ष्मी माविको शानदार जित


बिर्तामोड, माघ २ । अर्जुनधारा नगर माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद स्मृति फुटबल प्रतियोगितामा अर्जुनधारा-८ को लक्ष्मी माविले विजयी सुरुवात गरेको छ ।

झापाको अर्जुनधारा-११ मा रहेको महारानीगञ्ज माविको ६६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रतियोगिताको उद्घाटन खेलमा आयोजक महारानीगञ्ज माविलाई हराउँदै लक्ष्मी माविले जित दर्ता गरेको हो ।

लक्ष्मी माविले ४–० गोलअन्तरमा हराउँदै शानदार विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान सुरुवात गरेको हो ।

लक्ष्मी माविका लागि प्रकाश रसाइलीले खेलको १५औँ मिनेटमा गोल गरेका थिए भने पवन कुलुङ राईले २५औँ मिनेटमा अग्रता दोब्बर बनाएका हुन् ।

खेलको ३७औँ मिनेटमा सन्तोष मुसहरले आकर्षक गोल गरे भने ५८औँ मिनेटमा मञ्जित राईले थप गोल गर्दै लक्ष्मी माविलाई अन्तिम चारमा स्थान सुरक्षित गराउन सफल भए ।

खेलको प्लेयर अफ दि म्याच पवन राई भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाले नगद प्रदान गरे ।

विद्यालयका वार्षिकोत्सव तथा फुटबल प्रतियोगिताको उद्घाटन संघीय उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् ।
प्रतियोगितामा मंगलबार अर्जुनधारा-८ को शनिश्चरे मावि र अर्जुनधारा-१ को सिंहदेवी माविबीच खेल हुनेछ । फाइनल खेल माघ १५ गते हुनेछ ।

सालबारी निवासी अरुणकुमार डाँगीले प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद २० हजार र ट्रफी पाउने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार उपविजेताले नगद १० हजारमा चित्त बुझाउनु पर्नेछ ।

विद्यालयका शिक्षक मणिलाल खड्काले सञ्चालन गरेको कार्यक्रममा उपसभामुख मगर, अर्जुनधारा-११ का वडा अध्यक्ष खगेन्द्र इङनाम, स्वर्गीय डाँगीका भाइ खगेन्द्र डाँगी, निवर्तमान वडा अध्यक्ष भैरबहादुर खड्का, विद्यालयका निवर्तमान अध्यक्ष रोहित ढकाललगायतले आफ्ना भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer