२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सिलिन्डर बिस्फोटः बेल्स मोडलका सबै विद्यार्थी सकुशल


बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको बेल्स मोडल स्कुलको वार्षिक खेलकुद कार्यक्रममा बेलुन फुलाउने सिलिन्डर बिस्फोट भएको घटनामा सबै विद्यार्थीहरु सकुशल रहेको विद्यालयले जनाएको छ ।

आफ्ना विद्यार्थीहरु सुरक्षित आफ्नो कक्षाकोठामा बसेकाले कुनै अप्रिय घटना हुन नपाएको बेल्स मोडल स्कुलका संस्थापक प्रिन्सिपल तारा प्रसाईंले जानकारी दिए ।

बेलुन फुलाउने सिलिन्डर बिस्फोट हुँदा घाइते भएका सिलिगुडीस्थित पार्टी डेकोरेसन कम्पनीका भारतीय नागरिक गणेश सहनीलाई उनको परिवारले उपचारका लागि भारतको नर्थ बङ्गाल मेडिकल कलेजमा लगेका छन् ।

स्कुलले आज माघ २ गतेदेखि ४ गतेसम्म आयोजना गर्न लागेको दोस्रो वार्षिक खेलकुद कार्यक्रमको उद्घाटन सत्रमा बेलुन उडाएर खेलकुद कार्यक्रमको उद्घाटन गर्ने तयारी थियो ।

त्यसका लागि भारतको सिलिगुडीस्थित पार्टी डेकोरेसन कम्पनीलाई ठेक्का दिइएको थियो । यसैक्रममा त्यस कम्पनीबाट आएका कर्मचारीले सुरक्षित स्थानमा बसी बेलुन फुलाउने क्रममा एक्कासि सिलिन्डर बिस्फोट हुँदा सहनी घाइते हुन पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer