२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनमा मन्टेस्वरी शिक्षासम्बन्धी एकदिने प्रशिक्षण


मेचीनगर, माघ २ । झापाको मेचीनगरस्थित धुलाबारीमा रहेको इस्ट होराइन माविमा मन्टेस्वरी शिक्षा प्रणालीसम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

एनप्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको आतिथ्यमा मन्टेस्वरी शिक्षासम्बन्धी एकदिने प्रशिक्षण भएको हो ।

झापाका २५ वटा विद्यालयका ८० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको प्रशिक्षणमा इस्ट होराइजनका बालशिक्षा शिक्षक विकास ग्वालले प्रशिक्षण दिएका थिए ।

एनप्याब्सन झापाका अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ रहेका थिए ।

इस्ट होराइजनका प्रिन्सिपल सञ्जीव राईले स्वागत गरेको कार्यक्रमको औचित्यबारे प्रमुख प्रशासक सावित्री सापकोटाले प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन स्मारिका सामुदायिक अंग्रेजी स्कुलका प्रिन्सिपल गुणराज गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer