२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राजगढका राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी


बिर्तामोड, माघ ३ । झापाको बाह्रदशी–३ राजगढमा २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको छ । घटना पुस २९ गते राति भएको हो ।

स्थानीय मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको हो । राजवंशीले ३५ लाख रुपैयाँबराबरको क्षति भएको भन्दै इलाका प्रहरी कार्यालय राजगढमा उजुरी दिएका छन् ।

श्रीमतीलाई झापा गाउँपालिकामा रहेको माइती पठाएर मनिष भाक्का दिवस मनाउन बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला आएका थिए । सो दिन राति आफू पनि ससुराली गएका उनी बिहान घर आइपुग्दा सबै ढोका फुटाएको भेटाउँदा चकित भएका थिए ।

माघ १ गते बिहानै घर आउँदा सबै खुला रहेको तथा घरभित्रका दराजहरु सबै खुला थिए । कपडाहरु जथाभावी छरिएको थियो । घरमा रहेको सबै गरगहना चोरी भएको उनले बताए ।

चोरी गर्नेले घरको कम्पाउन्ड वाल नाघेर घरमा प्रवेश गरेको राजवंशीले जानकारी दिए । गेटको ढोका नाघेर छिरेका चोरहरुले घरको मुल ढोकासहित भित्र दुईवटा कोठाको ढोका फोरेको उनले बताए ।

त्यस्तै, बल्वहरु सबै फुटाएको भेटिएको, चोरले लगाएको टोपी फेला परेको छ, टोपीसहित रड, पेचकस र केही फलामे सामग्रीहरु भेटिएको मनिषको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer