२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा बाल विवाह न्यूनीकरण तथा महिला सशक्तीकरणबारे कार्यशाला सुरु


बिर्तामोड, माघ ३ । झापाको बिर्तामोडमा बाल विवाह न्यूनीकरण तथा महिला सशक्तीकरणसम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ ।

महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजनामा आजदेखि सुरु भएको प्रदेशस्तरीय तीनदिने कार्यशालामा १४ जिल्लाका ६० जना सहभागी रहेका छन् ।

केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षता भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लक्की गणेशको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थापक अध्यक्ष राधा प्रधानले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सुष्मा राजवंशीले गरेकी थिइन् । कार्यशालाको पहिलो दिन वीरबहादुर मगरले सहजीकरण गर्ने छन् । कार्यक्रममा सम्पूर्ण उपस्थितले मैनबत्ती बालेर उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer