२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

तेह्रथुममा टिप्पर खस्दा मेचीनगरका चौधरीसहित दुईजनाको मृत्यु


बिर्तामोड, माघ ३ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिप्पर सडकबाट तल खस्दा झापाका एकजनासहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा टिप्परमा सवार झापाको मेचीनगर नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादी नगरपालिका–४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका विष्णु थामी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वसन्तपुरका अनुसार म्याङलुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को. १ ख ५८२९ नम्बरको टिप्पर बुधबार बेलुका ६ः३० बजे सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइतेहरुलाई उपचारका लागि वसन्तपुर अस्पताल पु-याइएको थियो ।

दुर्घटनामा परेका सबैजना घाइते भएकाले चालक को हो भनेर पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । चालकको लापरबाहीको कारण टिप्पर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer