२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

छोरीको जीवन बचाइदिन तामाङ परिवारको गुहार


दमक, माघ ४ । झापाको कमल गाउँपालिका-७ रङपुरकी माया तामाङको दुवै मिर्गौला काम नलाग्ने भएपछि परिवारले उपचार सहयोगको लागि आग्रह गरेका छन् ।

स्थानीय बिर्खबहादुर र विष्णुमाया तामाङले मिर्गौला रोगी छोरी २१ वर्षीया मायाको जीवन बचाइदिन सहयोगको याचना गरेका हुन् ।

फार्मेसी पढिरहेकी मायाको दुवै मिर्गौला काम नलाग्ने भएपछि कमजोर आर्थिक अवस्थाका उनीहरुले उपचारका लागि सहयोगको अपिल गरेका हुन् । फार्मेसीको पढाइ पनि ऋण काढेर गरिरहेको तामाङले बताए ।

सातामा दुईपटक डायोलोसिस गर्दै आएकी उनका एकजना दाजु पनि क्यान्सर पीडित छन् । दुई सन्तान भने आफ्नो गुजारा चलाउनका लागि भारतमा छन् । तामाङको सम्पत्तिको नाममा सानो घरबाहेक केही छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer