२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेचे समुदायको पहिचान खोज्दै भारतीय युवाको साइकल यात्रा


बिर्तामोड, माघ ४ । आफ्नो समुदायको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेका भारतीय एक युवा झापा आइपुगेका छन् ।

भारतको असम राज्यस्थित बाक्सा जिल्लाका २६ वर्षीय राजीव बोडो साइकल यात्रा गरेर झापाको हल्दिबारी आइपुगेका हुन् । उनले सात महिनाअघि महाकालीबाट साइकल यात्रा सुरु गरेका थिए ।

उनले सांस्कृतिक पहिचानका लागि नेपाल र भारतबीच पर्यटकीय सम्भावना रहेको बताएका छन् । उनले भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नेसमेत बताएका छन् ।

हल्दिबारी-४ का वडा अध्यक्ष सन्तकुमार थापाले सम्मान गर्दै बोडोलाई नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer