२०८१ जेठ ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा एक बालिकामा दादुरा संक्रमण पुष्टि, आइसोलेसनमा राखेर उपचार


बिर्तामोड, माघ ४ । झापाको बिर्तामोडमा दस वर्षपछि पहिलोपटक एकजना बालिकामा दादुराको संक्रमण देखापरेको छ ।

बिर्तामोड-३ की ५ वर्षीया बालिकामा दादुरा देखापरेको हो । दुई दिनअघि ती बालिकालाई उपचारका लागि बिर्तामोड नगर अस्पताल ल्याइएको छ ।

दादुराको लक्षण देखिएपछि उनको रगत परीक्षण गर्दा पुष्टि भएको नगर अस्पतालका निरीक्षक गणेश रिजालले बताए । उनले ती बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको जानकारी दिए ।

रिजालका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो । बिर्तामोडमा एक दशकयता दादुराको संक्रमण देखिएको थिएन ।

यसैबीच, झापा गाउँपालिकाको एउटै गाउँका छजनालाई दादुराको संक्रमण देखिएपछि घरधुरी सर्वेक्षणदेखि सरोकारवालाहरुलाई अभिमुखीकरण गर्न थालिएको छ ।

झापा गाउँपालिकाको वडा नम्बर ७ को सन्थाल बस्तीका छजनालाई दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेका छन् ।

सन् २०२३ मा झापामा छजनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा सातजनालाई संक्रमण देखिसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

उनले केही महिनापछि झापा जिल्लामा दादुरा खोपको अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer