२०८१ जेठ ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा स्कुल बस खरिदका लागि शेर्माले दिए ५१ हजार


दमक, माघ ४ । झापाको शिवसताक्षी ७ फात्तेपमा रहेको बालसेवा आधारभूत विद्यालयको बस खरिदका लागि पूर्वविद्यार्थी बुद्धराज शेर्माले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।

विद्यार्थीका लागि बस सञ्चालन गर्न विद्यालयले सहयोग अभियान सुरु गरेपछि शेर्माले सो रकम प्रदान गरेका हुन् । फाक्तेप घर भई हाल हङकङमा बस्दै आएका शेर्माकी श्रीमती आशाहाङमा लावती शेर्माले विद्यालयलाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

आशाहाङमाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुन, सल्लाहकार समितिका संयोजक जितेन्द्रराज चेम्जोङ र प्रधानाध्यापक वेणुप्रसाद कार्कीलाई संयुक्त रुपमा नगद सहयोग हस्तान्तरण गरिन् ।

यसअघि समेत दाता परिवारले विद्यालयमा लिम्बू भाषा तथा अंग्रेजी माध्यम पठनपाठनका लागि आर्थिक सहयोग गरेको थियो । सोहीअनुरुप हाल विद्यालयमा कक्षा १ मा लिम्बू भाषाको आनिपान पठनपाठन भइरहेको छ ।

स्कुल बस खरिद गर्न ३० लाख रुपैयाँ जुटाउन अभियान सञ्चालन गरिएको छ । स्कुल बस खरिद गर्नका लागि पूर्वविद्यार्थीहरु नै मुख्य स्रोत रहेकाले स्वदेश तथा विदेशमा बस्दै आएकाहरु, शिक्षासँग सरोकार राख्ने सहयोगी तथा दाताहरुबाट सहयोग प्राप्त हुने समितिका अध्यक्ष ल्वागुनले बताए ।

बस खरिदका लागि पूर्वविद्यार्थी मञ्चका अध्यक्ष फणेन्द्रराज चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer