२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा छाला रोगसम्बन्धी आरआर पोलिक्लिनिक सञ्चालनमा


बिर्तामोड, माघ ७ । नयाँ प्रविधिको प्रयोग गरेर सम्पूर्ण छाला रोगसम्बन्धी उपचार साथै सल्लाह तथा सुझाव दिने उद्देश्यले बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएको छ ।

कनकाई हस्पिटलका सञ्चालक समेत रहेका महेन्द्रबहादुर राईको करिब २ करोड रुपैयाँको एकल लगानीमा पोलिक्लिनिक सञ्चालनमा आएको हो ।

झापाको बिर्तामोड–४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको पोलिक्लिनिकको उद्घाटन छाला रोग विशेषज्ञ हेयर ट्रान्सप्लान्ट सर्जन डा. मोहन भूसालले गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. भूसालले आफ्नै निगरानी रहने गरी पोलिक्लिनिक सञ्चालनमा आएको बताएका छन् ।

पोलिक्लिनिकमा शरीरमा हुने दुबी, डाबर, पुरानो दाद, शरीर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौनरोग तथा कुष्ठरोगको समस्या, डन्डिफोर, अनुहारको चायापोते, बालबालिका र नवजात शिशुको छाला सम्बन्धीलगायतका सबै समस्याको उपचार साथै सल्लाह सुझाव दिइने सञ्चालक राईले जानकारी दिएका छन् ।

त्यस्तै, पोलिक्लिनिकमा नयाँ प्रविधिको प्रयोगबाट कपाल रोप्ने र ट्याटु हटाउने कार्य पनि गरिने बताइएको छ ।

पोलिक्लिनिकमा दैनिक प्याथोलोजी ल्याव सेवा, फार्मेसी सेवा साथै छालासम्बन्धी विशिष्टकृत सेवाहरुलाई समयअनुसार अगाडि बढाउँदै लगिने पोलिक्लिनिक मेनेजिङ डाइरेक्टर मनिता राईले जानकारी दिइन् ।

पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत कर्मचारी रेणुका श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. भूसाल, बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहकी अध्यक्ष तिलोतमा खत्री, पोलिक्लिनिकका सल्लाहकार अभय भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई हस्पिटल बिर्तामोडका अध्यक्ष युवराज डाँगी, सञ्चालक किशोर भुजेल, खेमराज बानियाँ, फणिन्द्र चापागाईं, डा. कमला आचार्य, डा. रोहित पन्जियारलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer