२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तीनजना फरार प्रतिवादी कारागार चलान


बिर्तामोड, माघ ७ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा सजाय तोकिएका तीनजना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारागार पठाएको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलास र झापा जिल्ला अदालतले सजाय तोकेका उनीहरुलाई आज जिल्ला कारागार झापा पठाइएको झापाका निमित्त प्रहरी प्रवक्ता ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रहरीले अर्जुनधारा ११ का ३३ वर्षीय कङकङ भन्ने दिलिप गिरी, अर्जुनधारा ८ का ३५ वर्षीय हरिप्रसाद पौडेल र शिवसताक्षी ११ का ३३ वर्षीय रतन भन्ने रत्न गुरुङलाई अदालतको आदेशबमोजिम कारागार पठाइएको हो ।

गिरीलाई चोरी मुद्दामा २०७७ पुस २३ गते र २०७७ चैत ४ गते गरी ६ महिना कैद तोकिएको थियो ।

पौडेलविरुद्ध २०८० जेठ १७ गतेको बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र तीस लाख जरिवाना तथा पीडित राहत कोषमा एक लाख २० हजार जम्मा गर्नुपर्ने फैसला भएको थियो ।

गुरुङलाई २०७७ माघ ११ गतेको फैसला अनुसार चोरी मुद्दामा ६ महिना कैद सजाय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer